बाजारोभ फर्केर आयो र टेबुलनेर बसेर छिटोछिटो चिया खान थाल्यो । दुवै दाजुभाइ चुपचाप उसलाई हेर्दै थिए । आर्कादीचाहि लुकीछिपीकन कहिले पितातर्फ त कहिले ठूल्बातर्फ दृष्टि दिँदैथियो ।

“के तपाईं निकै टाढा पुग्नुभयो ?” -अन्त्यमा निकोलाइ पेत्रोमिचले प्रश्न गरे ।

“बैंसको घारीनरै यहाँ एउटा सानो धाप रहेछ | मेरो पदचाप सुनेर पाँचवटा जति मुनाल उडे र आर्कादी, तिमी शिकार खेल्न सक्छौ !”

“के तपाईं शिकार खेल्नु हुन्न र ?”

“अहँ !”

“के तपाईं भौतिकविज्ञानको अध्ययन गर्नुहुन्छ ?” -पाभेल पेत्रोभिचले सोधे ।

“हो, भौतिकविज्ञानको ! खास तवरमा प्राकृतिक विज्ञानहरूको !”

“भन्छन्‌, पछिल्लो समयमा डचहरूले यस क्षेत्रमा निकै प्रगति गरेका छन्‌ रे !”

“हो, यस विषयमा जर्मनहरू हाम्रा गुरू नै हुन्‌ ।” -बाजारोभले बेवास्तापूर्वक जवाफ दियो ।

पाभेल पेत्रोभिचले व्यंग्यको निम्ति नै जर्मनहरूको बदलामा “डचहरू” भन्ने शब्द प्रयोग गरेका थिए तर कसैले पनि त्यसतर्फ ध्यान दिएन ।

“जर्मनहरूको बारेमा तपाईंको राय यति उच्च छ ?” -पाभेल पेत्रोभिचले शिष्टताका प्रदर्शन गर्द सोधे । उनी मनमनै झिजो अनुभव गर्दै थिए । बाजारोभको यस्तो उपेक्षाभावले गर्दा उनको अभिजात्य भावनामा चोट परिरहेको थियो । कुनै एक डाक्टरको त्यो छोरो धर्म मान्नु त कता हो कता, हेलचक्रयाइँका साथ तत्कालै जवाफ फर्काउँदै थियो र उसको स्वर पनि केही झण्डैझण्डै तीक्ष्णसमेत थियो ।

“त्यहाँका वैज्ञानिकहरू खप्पीस मान्छे हुन्‌ ।”

“बुझेँ, बुझेँ । अँ, रूसी वैज्ञानिकहरूको बारेमा चाहि सके तपाईंको राय उति राम्रो छैन क्यारे ?”

“शायद, कुरा यस्तै छ ।”

“यो त ज्यादै सराहनीय आत्मबलिदान हो !” पाभेल पेत्रोभिचले आफ्नो जीउ सोझ्याउँदै र शिर पछिल्तिर झट्कार्दै भने । -तर तपाई कसैको पनि प्रतिष्ठा स्वीकार गर्नुहुन्न भनेर भर्खरै मात्र आर्कादी निकोलायेमिच हामीलाई बताउँदै थिए त ? तपाईं कसैलाई पनि विश्वास गर्नुहुन्न रे, हो ?”

“किन मैले कसैको प्रतिष्ठा स्वीकार्ने ? अनि किन मैले कसैलाई विश्वास गर्ने ? सही कुरा भनिन्छ भने म सहमत हुन्छु । बस्‌, कुरा साफ नै छ ।”

“के जर्मनहरू सबै नै सही कुरा गर्छन्‌ त ?” -पाभेल पेत्रोभिचले प्रश्न गरे र उनको अनुहारमा यस्तो निर्लिप्त र उदासीन भाव झल्कियो, मानौं उनी कतै बादलपारिको सुदूर उच्चतामा पुगिसकेका होउन्‌ |

“अहँ, सबै होइन ।” -बाजारोभले छोटो हाई काढ्दै जवाफ दियो । ऊ यस वादविवादलाई जारी राख्न इच्छुक छैन भन्ने स्पष्ट थियो ।

पाभेल पेत्रोभिचले आर्कादीतर्फ यसरी हेरे, मानौं उनले भन्न खोजेका होउन्‌: ‘स्वीकार गर्नैपर्छ, तेरो साथी ज्यादै शिष्ट छ ।’

“जहाँसम्म मेरो प्रश्न छ,” -उनी फेरि बोले, यद्यपि उनले केही प्रयत्न अवश्य नै गुर्नपरेको थियो, -“म जर्मनहरूलाई पटक्कै मन पराउँदिनँ ।, यो अपराध स्वीकार्न म राजी छु । अनि रूसी जर्मनहरूको त म नाउँसम्म पनि लिन चाहन्न: यी कुन खालका जीव हुन्‌ भन्ने सबैलाई थाहा नै छ । तर जर्मनीका जर्मनहरूलाई समेत म फुटेको आँखाले पनि देख्न सक्तिनँ । उहिलेका त येनकेन सह्य थिए : त्यतिखेर त्यहाँ शिल्छेर थिए, अनि गेटे थिए _ मेरा भाइ उनको अति मानमनितो गर्छन्‌ _. तर अहिले त सबका सब कि त रसायनशास्त्री छन्‌, कि त भौतिकवादी”

“असल रसायनशास्त्री पनि कुनै कविभन्दा बीस गुणा बढी उपयोगी हुन्छ ।” -बाजारोभले बीचैमा कुरा काटेर भन्यो ।

“यस्तो पो !” -पाभेल पेत्रोभिचले मानौं उँघ्दै र आफ्नो आँखीभौं केही ठाडो पार्दै भने । -“सेक तपाईं कलालाई कुनै मान्यता नै दिनहुन्न कि ?”

“धन कुम्ल्याउने कला अथवा अझ घाँटी अँठ्याउने कला !” -हँस्सी उडाउँदै बाजारोभले भन्यो |

“प्यस्तो पो ! यस्तो पो ! यस्तो रहेछ तपाईंको हँसीठट्टा ! तपाईं यो सब अस्वीकार गर्नुहुन्छ, हैन ? ठीक छ । अर्थात्‌ तपाईं खालि विज्ञानमा विश्वास गर्नुहुन्छ ?”

“मैले पहिले नै तपाईंलाई बताइसकेको छु कि कुनै चीजमा पनि म विश्वास गर्दिनँ । अनि विज्ञान – के हो सामान्य विज्ञान ? थरिथरिका धन्धाहरू र पेशाहरू भएझैँ विभिन्न थरिका विशेष विज्ञानहरू पनि छन्‌ तर सामान्य विज्ञान भन्ने कुनै वस्तु अस्तित्वमा छैन ।”

“खूब राम्रो, महाशय ! तर जसलाई मानव समाजले स्वीकार गरिसकेको छ ती मान्यताहरूको बारेमा पनि के तपाईं यस्तै नकारात्मक धारणा राख्नुहुन्छ त ?”

“के हो यो, जिरह ?” -बाजारोभले प्रश्न गर्यो ।

पाभेल पेत्रोभिचको अनुहार केही फिका भयो । .. निकोलाई पेत्रोभिचले वार्तालापमा हस्तक्षेप गर्नु आवश्यक ठाने ।

“प्रिय येभ्गेनी भासील्येभिच, यस विषयमा अरू कुनै दिन विस्तारपूर्वक तपाईंसित बहस गरौंला । तपाईंको राय सुनौंला, आफ्नो विचार बताऔंला ! तपाईंले प्राकृतिक विज्ञानहरूको अध्ययन गरिरहनुभएकोमा मलाई ज्यादै खुशी लागेको छ | मैले सुनेअनुसार लीबिगले खेतमा हाल्ने मलको सम्बन्धमा निकै अद्भुत आविष्कार गरेको छ रे ! कृषि कार्यमा तपाईं मेरो मद्दत पनि गर्न सक्नुहुन्छ । तपाईं मलाई कुनै उपयोगी रायसल्लाह दिन सक्नुहुन्छ ।”

“म तपाईंको सेवामा उपस्थित छु, निकोलाई पेत्रोभिच । परन्तु हामी अहिले लीबिगलाई के भेट्टाऔँला र ! सुरूमा कखहरा सिक्नुपर्छ, अनि मात्र किताब हातमा लिनुपर्छ । तर हामीले त अझै कखहराको ‘क’ नै चिनिसकेका छैनौं ।”

“लाग्छ, तँ साँच्चैको निहिलिष्ट होस्‌ !” -निकोलाई पेत्रोभिचले विचार गरे ।

“जे भए पनि जरूरत परेका बखत कष्ट दिने अनुमति दिनोस्‌ !” -उनले भने | -“अँ, दाजु ! मलाई लाग्छ, अब पटवारीसित कामको कुरा गर्ने बेला पनि भयो होला ।”

पाभेल पेत्रोमिच आफ्नो कुर्सीबाट जुरूक्क उठे ।

“हो !” -कसैतिर नहेरीकन उनी बोले | – “महाविद्वान्‌हरूबाट निकै टाढा पाँचेक वर्ष जति गाउँमा बसियो भने त गिदी पनि खिइएर जाँदोरहेछ | मूर्खमध्ये- महामूर्ख बन्न बेर हुँदैन । आफूले जानेबुझेको नबिर्सने तँ प्रयास गर्छस्‌ तर अचानक एकदिन यो सब बकवास रहेछ भन्ने पत्तो लाग्छ ! समझदार मान्छेहरु यस्तो तुच्छ कुरामा अल्झिएर समय खेर फाल्दैनन्‌ तर तँ भने थोत्रो टोपी नै लगाएर मक्ख परेको छस्‌ भनेर बताइन्छ | के गर्ने र ? लाग्छ, युवा पुस्ता नै हामीभन्दा बढी बुद्धिमान्‌ छ ।”

पाभेल पेत्रोमिच बिस्तारै ऐडीको बलले मोडिए र सुस्तसुस्त बाहिर निस्किए । निकोलाई पेत्रोमिच पनि उनको पछिपछि लागे |

“के उनको चालामाल सधैं यस्तै नै हुन्छ ?” – दुवै दाजुभाइ बाहिर निस्कनेबित्तिकै दैलो बन्द हुनासाथ बाजारोभले शान्त भावले आर्कादीसित सोध्यो ।

“सुन, येभ्गेनी !” – आर्कादीले भन्यो । _”तिमीले उनीसित ज्यादै खरो किसिमिले व्यवहार गर्यौ । तिमीबाट उनको अपमान भयो ।”

“अँ, यी देहात्ती रईसहरूको म जीहजूरी गरूँला भन्ठान्या त ! फ्रोस्रो अहङकार, फोस्रो शिष्टाचार र फोस्रो ठाँटबाँट न हो यो । यदि यस्तै डर्रा हो भने पेतेरबुर्गमा नै किन त्यसको प्रदर्शन गर्दैनन्‌ नि… खैर, छोड यी सब कुरा ! मैले पानीमा बस्ने एउटा बहुतै दुर्लभ गोब्रेकीरा भेट्टाएको छु, Dytiscuus marginatus ! सुनेका छौ यो नाम ? त्यो म तिमीलाई देखाउँला !”

“तिमीलाई मैले उनको कहानी सुनाउने वचन दिएको थिएँ ।” -आर्कादीले भन्न शुरू गर्यौ |

“गोब्रकीराको कहानी ?”

“बस्‌, पुग्यो, येभ्गेनी ! मेरा ठूल्बाको कहानी । उनलाई तिमी जस्तो ठान्दैछौ, वास्तवमा उनी त्यस्ता छैनन्‌ । तिमी देख्नेछौ ! उनी सहानुभूतिका पात्र छन्‌, न कि उपहासका !”

“हुन सक्छ । तर किन तिमीलाई उनको गुणगान गर्नुपरेको नि ?”

“हामीले कसैप्रति अन्याय गर्नु हुँदैन, येभ्गेनी !”

“भनाइको तात्पर्य ?”

“लौ, सुन “

अनि आर्कादीले उसलाई आफ्ना ठूल्बाको कथा सुनायो । पाठकले यो कथा आगामी परिच्छेदमा पाउनु हुनेछ ।

पामेल पेत्रोभिच किर्सानोभले पनि आफूना भाइ निकोलाइले झैं प्रारम्भिक
शिक्षा घरमा नै पाएका थिए र पछि उनी अभिजात्य सैनिक शिक्षालयमा भर्ना
गरिएका थिए । बाल्यकालदेखि नै उनी अति सुन्दर थिए । यसको अतिरिक्त
उनी आत्मविश्वासी थिए, किञ्चित्‌ विनोदप्रिय पनि थिए र व्यंग्यवाण प्रहार गर्न
समेत सिपालु थिए | त्यसैकारण उनलाई कसैले मन नपराउन सक्दैनथ्यो ।
सैनिक अधिकृत बन्नासाथै उनले सबै ठाउँमा आवतजावत शुरू गरे | उनलाई
सबैले हातहातै ग्रहण गरे । उनी आफूना सबै लहडहरू पूरा गर्दथे, नक्कलझक्कल
र ठाँटबाँट पनि गर्दथे तर यो सब उनलाई. बिछट्टै सुहाउँथ्यो । आइमाईहरू
उनसँग मन्त्रमुग्ध थिए भने पुरूषहरू उनलाई गुण्डा भन्थे र मनमनै उनको
डाहासमेत गर्दथे । माथि भनिएझैं उनी आफूनो भाइसँग एउटै डेरामा बसेका
थिए र भाइलाई उनी भित्री हृदयले नै स्नेह गर्दथे, यद्यपि ती दुवैमा कुनै साम्यता
थिएन । निकोलाई पेत्रोभिच अलिअलि खोज्याउँथे, उनको जीउडाल केही सानो
थियो -ज्यादै सहाउँदिलो तर केही उदास । उनका आँखा स-साना र काला थिए
भने केशचाहिं मसिना..र मुलायम । उनी सहर्ष अल्छी मान्दथे तर सहर्ष किताब
पनि पढ्थै-र भैटघाटबाट भयभित रहन्थे । पाभेल पेत्रोभिचचाहि कुनै साँझ पनि