
अनिल बराल
धनीको भान्सामा जब खानपिन सकिन्छ
झुपडीमा तेल चामल हर दिन सकिन्छ।
आमाले कहिले आउँछस् घर भन्दै सोध्दा
छोरो भन्छ जब साहूको सबै रिन सकिन्छ।
फेदीबाटै त हो पहाड चढ्न सुरु गर्ने
सङ्कल्प गरेर हिँडे यात्रा कठिन सकिन्छ।
फुट्यौँ भने हामी सिमानामात्र मिचिँदैन
मान या नमान हाम्रो देश यकिन सकिन्छ।
रामधुनी नगरपालिका सुनसरी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 






