लोकतन्त्रको निधारमा टाँसिएको
एउटा लोभलाग्दो नारा छ
त्यो हो – “चुनाव लोकतन्त्रको असली सौन्दर्य हो ।”
त्यही नारालाई काँधमा बोकेर
बारम्बार चुनावको घोषणा गरिरहन्छ मेरो सरकार
र उफार्छ सडकभरि अँध्यारोमा ढुङ्गा हान्न पल्केकाहरूलाई ।
उता चुनावले अर्बौँ निल्छ
यता देशले भोको पेटमा सारङ्गी रेट्नुपर्छ
त्यही पेटमा उभिएर भाषण ठोक्छ मेरो सरकार
दुःखीरामहरूको पेट बर्सौँ रित्तो रित्तो छ
नवराज र निर्मलाहरूसँग न्याय भागेको भागेकै छ
‘खुवालुङ’ र ‘तिम्बुपोखरी’हरू बाँच्ने सङ्घर्षमा छन्
मेरो सरकार भने
चुनाब र लोकतन्त्रको सौन्दर्यमा
आफ्नो कुरूपता प्रदर्शन गरिरहेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 









