उनी कसैको कुरा सुन्दैनथे । उनलाई आफूले चाहेको कुरा मात्रै हुनुपर्थ्यो । जसले उनको कमजोरी औँल्याइदिन्थ्यो, उसलाई आफ्नो दुश्मन ठानिहाल्थे । प्नाय उनी आफ्नो दरबारभित्र बसिराख्थे । दरबारभित्र सबै सुविधा थियो । कहीँ जानुपर्यो भने कि गाडीमा जान्थे, कि हवाइजहाजमा ।
लगातार फोन आउँथ्यो उनको मोबाइलमा । कसैले खानाको व्यवस्थाका लागि आग्रह गर्थे । कसैले आवास व्यावस्थाका लागि आग्रह गर्थे । तर उनलाई यी सबै विपक्षीको चालबाजी लाग्थ्यो । उनी भन्थे, यहाँ कोही भोको छैन । कोही घरबारविहीन छैन ।
एकदिन उनलाई कसैले दरबारबाट लखेट्यो । उनीसँग पहिलेजस्तो कार थिएन । पहिलेजस्तो दरबार थिएन । पहिलेजस्तो सुरक्षाकर्मी थिएनन् । बल्ल गरीबको घरमा जान थाले । उनी भन्न थाले यो सरकार असफल भएको छ । यसले जनताको आधारभुत आवश्यकता पूरा गर्न सकेको छैन ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ असार २०८३, मंगलवार 










