कवि कृशु क्षेत्रीको कवितासंग्रह ‘पसिनाको क्यानभास’लाई एक हजार अमेरिकी डलर राशिको ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’ प्रदान गरिनेभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ का लागि विभिन्न विधामा प्रदान गरिने अनेसास साहित्य पुरस्कारमध्ये ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’क्षेत्रीको ‘पसिनाको क्यानभास’लाई प्रदान गर्ने घोषणा गरेको हो ।

अनेसासको वार्षिक साधारण सभा, भानु जयन्ती र अनेसास सर्वोत्कृष्ट पुरस्कार घोषणा गरी तीन चरणको भएको कार्यक्रम अनेसास केन्द्रको अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको थियो ।