कल्याण भुञा

यतिबेला यहाँ केही छैन
केवल बलौटे जमिन

कुनै ठाउँमा शायद
एउटा गोहाली1 थियो
कुनै ठाउँमा शायद
एउटा भकारी थियो
कुनै ठाउँमा शायद
एउटा घर थियो

यहाँ नै शायद थियो एउटा गाउँ
यतिबेला यहाँ नतमस्तक उभिरहेका न्
केही सम्झनाहरू

कुनै ठाउँमा शायद
एउटा गोहाली थियो
नहुन पनि सक्छ

कुनै ठाउँमा शायद
एउटा भकारी थियो
नहुन पनि सक्छ

कुनै ठाउँमा शायद
एउटा घर थियो
नहुन पनि सक्छ

शायद यहाँ गाउँ थिएन
थियो केवल गाउँको सम्झना

यहाँ नै एउटा नदी थियो
शायद जीवन
नहुन पनि सक्छ
जीवन बनाउन वा भत्काउन
नदी बारम्बार फर्केर आउँछ।
—————————-
1गोहाली= गाईभैँसी बाँधेर राखिने घर।

मूल असमिया पर्या कविता: कल्याण भूञा
अनुवादक: डा. देवेन सापकोटा
(पारिपार्श्विक कविता, सम्पादन: प्रकल्प रञ्जन भागवती, पृ: १३३-१३४)