गोडा टेक्न सिकायो गाउँले
शहरले संसार हेर्न सिकायो
छाड्नु पर्दा प्यारो गाउँ शहर
बिछोडमा मेरा परेली भिजायो

छाडेको हैन बिना कारण
जसले मलाई जिउन सिकायो
के तारिफ गरौं खै तिनको
जसले मलाई पिउन सिकायो

अनगिन्ति याद अविरल बग्दा
आँखा मेरा अनायास रसायो
ती मेरा गाउँ शहर सदाप्रिय
जसले मेरो मनमा घर बसायो

कता छन् साथी संगी आजकल
जसले मलाई हातेमालो गर्न सिकायो
सम्झना गाढा भएरै होला
सपनामा पनि मलाई उठायो ।

काठमाण्डौं, डाछी