पोखरा । सात वर्षिय भूमिलक्ष्मी पराजुलीले लेखेको पुस्तक विमोचन भएको छ ।

पोखरामा बिहीबारदेखि शुरू भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा उहाँले लेख्नुभएको ‘मर्मेड, व्हेल एण्ड प्रिन्सेस’ पुस्तक विमोचन गरिएको हो ।

कक्षा २ मा अध्ययनरत भूमिले ६ वर्षको उमेरमा दशैँ बिदामा यो कथा लेख्नुभएको थियो । उहाँले कथासँगै चित्र कोरेर पुस्तक तयार पार्नुभएको हो । चित्र र कथा पढ्न रुचाउने भूमिले यसअघि पनि कथा लेख्नुभएको छ । तर, प्रकाशित कथा भने उहाँको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने उहाँले सुनाउनुभयो ।