जिउँदो रहिरहन नाम होइन, श्वास हुनुपर्छ
घर ‘घर’ बन्न कसै न कसैको बास हुनुपर्छ
रातमा ढुक्क निदाउन निदरीले मात्रै पुग्दैन
भरे बिहान हुन्छ नै भन्ने विश्वास हुनुपर्छ
भोक जस्तो पापी को नै छ यहाँ अर्को
चरीले बचेरा छोडी नजान गुडमै गाँस हुनुपर्छ
को नजिक को, को टाढाको कसरी थाह पाउनु
दिमागमा जो होस मनमा बस्ने खास हुनुपर्छ
रुपवान भए पुग्छ होला नजरमा राम्रो देखिन
हृदयकै बासी हुन त गुणको सुवास हुनुपर्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ असार २०८३, बुधबार 








