कहिलेकाहीँ जिन्दगीमा भाग्य उदाउँदो रहेछ
राम्रो मान्छेसँग भेट्न बोल्न पाइँदो रहेछ
विश्वासघात र षड्यन्त्रले सताएको जीवनमा
आत्मियता दर्शाउने मान्छे पाइँदो रहेछ
रुवाउने र सताउनेले पिरेको जीवनमा
प्रेम अनि विश्वास गर्ने मान्छे पाइँदो रहेछ
कहिलेकाहीँ जिन्दगीमा भाग्य उदाउँदो रहेछ
राम्रो मान्छेसँग भेट्न बोल्न पाइँदो रहेछ
निर्दयीको तीखो तिरले दुखेको मुटुमा
मल्हम लगाई उत्साह दिने मान्छे हुँदो रहेछ
धोखेबाजको धोखा खाई पिल्सेको जीवनमा
बेमतलब न अल्झ भन्ने मान्छे पाइँदो रहेछ
कहिलेकाहीँ जिन्दगीमा भाग्य उदाउँदो रहेछ
राम्रो मान्छेसँग भेट्न बोल्न पाइँदो रहेछ
सङ्घर्ष र असफलताले पीडित यो जीवनमा
अझै धेरै पौरखी बन भन्ने मान्छे हुँदो रहेछ
ठेस खाई नैराश्यता छाएको यो जीवनमा
लक्ष्य देखाई आशा जगाउने मान्छे पाइँदो रहेछ
कहिलेकाहीँ जिन्दगीमा भाग्य उदाउँदो रहेछ
राम्रो मान्छेसँग भेट्न बोल्न पाइँदो रहेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 









