शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालको १९ ओै वार्षिक समारोह र कवि कुलमणि देवकोटाको ९६ ओैं जन्म जयन्ती समारोहको अवसरमा पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठान स्याङ्जाका कुलपति साहित्यकार विश्वप्रेम अधिकारीद्वारा विभिन्न व्यक्तित्व एवं विधार्थीहरूलाई पुरस्कार सम्मान तथा शैक्षिक छात्रवृत्तिहरू प्रदान गरिएको छ ।

उहाँले सम्बोधनको क्रममा भन्नुभयो ‘ पाल्पाको साहित्यलाई उचो बनाउनुका साथै शिक्षा र स्वास्थको क्षेत्रमा समेत योगदान पुराउदै आएको यस संस्थाको कार्य र गतिविधिहरू उदाहरणीय रहेका छन्। जस्को अध्ययन चिन्तन मनन र सम्बोधन हुनु आवश्यक छ ‘।

कवि कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट काव्य उपविधा आगोका परिकल्पनाकार दीर्घबहादुर चन्द ‘ सुमन ‘ लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कारबाट काव्य उपविधा कोपिलाका परिकल्पनाकार गिरिराज डल्लाकोटी र जगतकुलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट सुसेलीका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेलाई पुरस्कृत गरिएको छ प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाश राज रेग्मीद्वारा स्थापित विमला रेग्मी स्वास्थ्य सेवा पुरस्का उत्कृष्ट नर्सको रूपमा मिसन अस्पतालकि दीपा गहतराज पुरस्कृत हुनु भएको छ । इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट अच्युतराज शर्मा सेवानिवृत प्रधानाध्यापक , शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट सन्तोष बस्याल रेडियो टेलिभिजन पत्रकार सम्मानित हुनुभएको छ ।

बालहरि स्वास्थ्य सेवा सम्मान स्वास्थ्यकर्मी सूर्यबहादुर कार्की, दीनानाना साहित्य सेवा सम्मान आख्यानकार रजिउल्ला मियाँ ,राधावद्री स्मृति स्वयंसेवा सम्मान स्वयंसेवक टोप प्रसाद श्रेष्ठ प्रदान गरिएको छ भने उत्कृष्ट विधार्थीलाई दिइने तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट न्यु होराइन स्कुलकि आरोही खनाललाई पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष छात्रवृत्तिहरू समेत प्रदान गर्दै आएको छ । विमला कमल शैक्षिक छात्रवृत्तिको दाता प्रतिष्ठानका संरक्षक प्रा. डा. प्रकाश राज रेग्मी हुनुहुन्छ । यस्को रकम प्रति विधार्थी वार्षिक रू ३००० रहेको छ । यो छात्रवृत्ति प.प.न. मा. वि.का दुर्गा हेमचुरी ,विपना सेन,सेन मा. वि.का वृषा वि.क.र सुस्मिता यादव कालिका मा.वि.का अर्जुन जि.सी.निरा गाहालाई प्रदान गरिएको छ । विमला कमल शैक्षिक छात्रवृत्ति अन्तर्गतनै भैरव बहुमुखी क्याम्पस छहराकी लिला गाहालाई रू १० हजार प्रदान गरिएको छ ।

इ.डा.ज्योति रेग्मी अधिकारी दाता रहुनु भएको अर्को छात्रवृत्ति ज्ञानज्योति शैक्षिक छात्रवृत्ति हो । प्रति विधार्थी वार्षिक रू ३००० रहेको यो छात्रवृत्ति प.प.न.मा.वि. का छात्राहरू यमुना कुमाल र जगमाया घर्ती ,तानसेन बहुमुखी क्याम्पसका ललि दर्लामी र खुस्वु पन्त तथा त्रिभुवन बहुमुखी क्याम्पसको छात्रा हिरा अर्घालीलाई प्रदान गरिएको छ। माता दीनकुमारी ज्ञवाली शैक्षिक छात्रवृत्तिका दाता मनोहर ज्ञवाली , रोहित ज्ञवाली र खुमानन्द खनाल हुनुहुन्छ । अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गरिने यस्को रकम प्रति विधार्थी वार्षिक रू २५०० रहेको छ । यो छात्रवृत्ति तानसेन बहुमुखी क्याम्पसको छात्रा सुहानी मगरलाई प्रदान गरिएको छ ।

न‌ैना नेपाल ढकाल शैक्षिक छात्रवृत्तिको दाता नैना नेपाल ढकाल हुनुहुन्छ । यो छात्रवृत्तिको रकम प्रति विधार्थी वार्षिक रू २५०० रहेको छ र छात्रवृत्ति प.प.न.मा.वि. छात्राहरू प्रियन्का सुनार र निशा आलेलाई प्रदान गरिएको छ ।

मुक्ति न्यौपाने उपसभापति नेपमसं पाल्पा , सविता भट्टराई सचिव पासास पाल्पा ,राम प्रसाद अर्याल अध्यक्ष प्रलेस पाल्पा , मोहन प्रसाद श्रेष्ठ सामाजिक व्यक्तित्व, डा. तुल बहादुर पुन नि. अस्पताल प्रमुख युनाइटेड मिसन अस्पताल पाल्पा , टीकाराम वाग्ले उपाध्यक्ष स्याङ्जा साहित्य प्रतिष्ठान , गिरिराज डल्लाकोटी,परिकल्पनाकार ‘कोपिला ‘दीर्घबहादुर चन्द , परिकल्पनाकार ‘आगो ‘मेघराज शर्मा

प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत मन्तव्य , सदस्य गंभिर रायमाझीद्वारा लेखापरीक्षण रू ७,३७,३९३ र बराबरको आय व्यय प्रस्तुत र सदस्य भ‍ोजराज भट्टराईद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरूको परिचय दिइएको थियो । कार्यक्रमको संचालन महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियो । बन्द सत्रबाट पुष्कर अथक रेग्मीकै अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ ।