आहा ! बगैँचामा कति राम्रो फूल फुलेछ
त्यही फूलमा एउटा सानो भमरा भुलेछ
आकाश पनि सफा भर घामले किरण छरेछ
त्यही बेलामा पानी पनि अचानक परेछ
घाम पानी मिलेपछि इन्द्रेणी आएछ
इन्द्रेणीलाई देखेर बच्चा पनि नाचेछ
हरियो वन र सेतो हिमाल देख्दा रमाइलो
आजको दिन कति राम्रो अनि सुनौलो
डाँडाहरू कति राम्रा देखिएका आज
ताराहरू चम्किए‌को कति राम्रो साँझ ।
कक्षा ६
युरो स्कुल छाउनी