“जाने हो ?”
म बाटोमा उभिइरहेको थिएँ । उनको त्यो मृदुल आवाजले मलाई झस्कायो । उनको रूपले मोहित भएछु, सहमति जनाएँ ।
उनी अगिअगि लागिन् म पछिपछि लागेँ । उनले होटेलको कोठामा पुर्याइन्। हामी दुवै एउटै बेडमा बस्यौँ । म सम्मोहित किन भएँ थाहै भएन । सायद उनले अप्सरा भुलाइदिइन् ।
उनले भनिन्, “किन लाज मान्नुभएको, शुभ कार्यमा किन ढिला ? खोल्नुस् न !”
म आज्ञाकारी भएँ ! म उदाङ्गिएँ ।
अनायासै म पनि तरङ्गित भएँ र उनलाई भनेँ, “अब तिमी पनि खोल न त !” उनले सहमति जनाइन् र एकै क्षणमा आदेशको पालना गरिन् !
जब मैले उनको निर्वस्त्र शरीर देखेँ तब मेरो शरीरका रौं ठाडा भए ! तातेको मेरो उमङ्ग खङ्ग्रङ्ग भयो ! म बरफ बनेँ ! किनकि मैले उनको शरीर र मेरो शरीरमा कुनै भिन्नता देखिनँ !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ असार २०८३, मंगलवार 










