खुसीमा
ढकमक्क फुलिदिन्छ कमल बनेर
रानीबारभित्र निलो दहमा
दु:खमा
टिल्पिलाउन थाल्छ सकस भएर
आँखाको परेलापेटीमा
आँसु त आँसु नै हो
समयअनुसार रङ बदलिरहने
फरक शीर्षकमा बगिरहने आँसुले
दु:खमा रोदन बनेर चर्काइदिन्छ मुटु
सुखमा खुसी फुलेर खिलखिलाइदिन्छ मन
कसैले अनुसन्धानको क्यानभासमा
विचित्रको चित्र कोर्न सक्ला त
आँसुको अनेकौँ रङ समेटेर ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 








