ऊ ढुङ्गा हो
उसलाई न कुनै चाड लाग्छ
न त नववर्षको उमङ्ग
ऊ त ढुङ्गाबाट
बालुवा माटो भई मर्छ
कसैले फ्याँके उड्ने
कसैले गुडाए गुड्ने
कसैले बगाए बग्ने
चुचुरो पुग्ने या समुद्र झर्ने
ऊ कहाँ,कसरी बसेको छ ?
शिशिर, वसन्त, ग्रीष्म वर्षामा
स्थान बसाउँछ त्यसैमा
ऊ प्रत्येक वर्ष छाप्ने र च्यात्ने
कुनै पात्रो होइन
ऊ त गृह, मन्दिर, ईश्वर हो
इतिहास पनि त हो
त्यहीँ शिलापपत्रमा अटेको छ
कयौँ यादहरू, कयौँ पुर्खाको इतिहासहरू ।

मण्डन देउपुर–०१, काभ्रे