सुटुक्क बोलाऊ, हात समाऊ नशा दिन्छ
तिम्रो आँखामा मेरो मुटु भिजाऊ नशा दिन्छ
प्रेमिका टाढा हुँदैनन् जति नै टाढा भए पनि
प्रेम गर, यसो प्रेमिका बनाऊ नशा दिन्छ
ऊ कसम माग्छे म पल्टाएर नयाँ नयाँ दिन्छु
तर पुराना कसम नसम्झाऊ नशा दिन्छ
गुलियो हुँदैमा मीठो हुन सक्दैनन् हरकोही
तिम्रो व्यवहार चियामा मिसाऊ नशा दिन्छ
तिम्रो पानी तताइदिने मान्छे अर्कै खोलामा बग्छे
मित्र अब चिसै पानी खाऊ नशा दिन्छ ।
दुधौली -१, सिन्धुली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 









