हुन पनि हाम्रा सर कति छुचा हुन्
थर्काउँदै भन्छन् मलाई कान खोलेर सुन्
नपढेर छैन मैले गीत गाएको
छैन छैन कानमा मैले बिर्को लाएको
बिनामेसै किन हो यत्रो खुन्खुन्
नत्र किन भन्न पर्थ्यो कान खोलेर सुन्
हुन्थेन र भन्या भए ध्यान दिएर पढ
खुसुखुसु नचल, हल्ला नगर
फकाउन नि नजान्ने छैन यिनको गुन्
प्याच्च प्याच्च भनिरहन्छन् कान खोलेर सुन्
मीठो बोल्न गुरुले नै सिकाइदिए पो
असल बाटो यो हो भनी देखाइदिए पो
त्यही बाटो छुन गइन्थ्यो आकाशको जून्
नभन्नू न बिन्ती अब कान खोलेर सुन् ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










