धेरै अँध्यारो भयो
अब घाम झुल्कनु पर्छ
बादल फाट्नु पर्छ
मौसम परिवर्तन हुनु पर्छ
श्वैत हिमाल उदाउनु पर्छ
लुगा जस्तै प्रत्येक बिहान
बदलिने अनुहार अतित हुनु पर्छ
ठूलो स्वरमा कराउने स्यालहरू
धेरै भुक्ने देशी कुकुरहरू
सिनो लुछ्न ब्यस्त छन्
आत्मा बेचिएकाहरू
चुर्लुम्म बन्धकमा छन्
फूल बनेर झरेका पातहरू
कुहेका छन् गन्हाएका छन्
फलामे आत्माहरू असफलतामा
गिडगिडाउदै छन्
ज्यादती ज्वाला फुट्दै छ
आँशु होइन लाभा निस्कदै छ
तातो लाभाले जलाइएका सपनाहरू
निर्मम बन्दै गएका छन्
मरुभूमि बर्खाको जवानी पर्खदै छ
हाम्राको जमघट मौन छ स्तब्ध छ
मौनता स्तब्धता छटपटिदै छ
कथित ज्ञानी, ध्यानी, तपस्वीहरू
आफ्नै जीब्रो टोक्दै छन्
हुइँय्या आवाज पातुलिदै छ
आकर्षक विज्ञापक फिक्का भएको छ
असत्य पखेटा काटिएको छ
चन्द्रमा छुने सपना मिथ्या छ
ऊ साक्षी हो वेथिति विफलताको
उसको हुटहुटी प्रेत बनेको छ
हायल कायल घायल भएको छ
आत्मसमीक्षा शून्यमा डुबेको छ
मूल ढोकामा गोलोगोलो शून्यलाई
घुमाउनेहरू अझैँ प्रयास गर्दैछन्
हेर्दाहेर्दै दोष अर्काको थाप्लोमा थुपार्दै
एक, दुई, तीन…जस्तै
ऊ उम्कन खोज्दै छ
भूमरिमा फसेको लाज पचाउदै
गोकचक्करबाट उम्कन् खोज्दैछ
उचालओराल गर्दै छ
फेरीवाल जुँणी फेरा हाल्दै छ ।
महालक्ष्मी-०१, इमाडोल
ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










