मैले पिएर कमाएका बदनामीहरू
अब पिउन छाडेर मेटाउँदै जानेछु
तिमी मैले पिएका दिनहरूको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ
हरेक घाम झुल्केको सम्झना आउँछ
अस्ताएको घामको कुनै याद आउँदैन
छिरेका ढोकाहरूको सबै हिसाब किताब छ
निस्किएका गल्लीहरूको झझल्कै आउँदैन
तिमी मैले पिएका दिनहरूको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ
लाज सरम भनेको सम्झना आउँछ
लाज सरम भएको कुनै याद आउँदैन
तिम्रो मन दुखाएको हजार किस्सा छन्
तिमीलाई फकाएको सम्झनै आउँदैन
तिमी मैले पिएका दिनहरूको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ
मैले पिएर कमाएका बदनामीहरू
अब पिउन छाडेर मेटाउँदै जानेछु
तिमी मैले पिएका दिनहरूको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ ।
बाम्राङ, खोटाङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










