म भुईं मान्छे हुँ भुइँमै, रहन दिनु
बानी परेको छ, पीडा सहन दिनु
उकुसमुकुस छु म, कस्लाई सुनाऊँ
आमाको काखमा दुःख, कहन दिनु
एकै ठाम जमेर बस्न, गाह्रो रहेछ
मलाई नदीमा निस्फीक्री, बहन दिनु
जानु त सबैले पर्छ, एकदिन अवस्य
मलाई मेरै देशको माटोमा, दहन दिनु ।
विवश
सिन्धुली
हालः पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 








