मुखले रामराम बगलीमा छुरा चलाए हुन्छ
नयाँ जीवन सुनौला पाइला उतै बढाए हुन्छ

दिक्क लाग्ला कहिले अभागीको तस्वीर नहेर्नु
भाग्यमानी साह्रा महलतिर नजर डुलाए हुन्छ

नौटंकी नाटक रच्दै मेरो नजिकै हुन नआऊ
छुटकारा चाहिएको भए जहर पिलाए हुन्छ

जहरले मरितुल्य भएको गम्भीर बेहोसीलाई
मुटु झिकी ढुङ्गा राख्दै यो छाती सिलाए हुन्छ

थाहा छैन जिन्दगीमा जीत हार कसको हो
सदा उठ्नै नसक्ने गरी हावामै बिलाए हुन्छ

हाँसो खुशी तिम्रा निम्ति कमी कहिल्यै नहोस्
साथ र सहयोग दिनेसँग हात मिलाए हुन्छ

छोड्देको छु लेनदेनका बुझ्नु कागजातहरू
सिरानीको ऋणपत्र उसलाई दिलाए हुन्छ
~~~~

गजुरी, धादिङ