
कविः इबेगी आयिबनिमिओरो
अनुवादः सुशान्तकुमार बि.क.
छ, तिम्रो आगमन यो वर्ष पनि चाँडै— वर्षा
तिमी,
जसका क्रोधले दुई वर्षअघि पनि
शुरुमै मेरो गाँउमा घरका छाप्राहरू
डुबाई दियो ।
तिमी,
जसले गत वर्ष पनि
मेरो बुवाको चामलको भण्डार
प्रयोगविहीन बनाई दियौ,
र त भोकमारी निम्तियो ।
तिमी,
जसले धनाढ्य र राहेललाई समेत क्षणभरमै
घर नजिकैको नदी हुँदै अन्टार्कटिकामा मिलाइदियौ ।

सुशान्तकुमार बिके
कृपया,
तिमी त्यही स्वर्ग–आकाशमै बस्नु
किनकि, हे अफ्रिकी वर्षा,
तिम्रा राम्राभन्दा नराम्रा कामहरू धेरै भए ।
त्यसैले,
चिसो र शीतल वातावरणका निम्ति त
यहाँकै मकै,
यहाँकै तरकारी
यहाँकै तरुल लगायत
समस्त वनस्पतिलाई
जिम्मा दिउँ कि ?
(इबेगी आयिबनिमिओरो नाइजेरियाली कवि हुन् । भूगोलमा स्नातक गरेका उनी निजामती कर्मचारी पनि हुन् । कवि तथा अनुवादक, सुशान्त कुमार बि.क.गुलरिया बर्दिया, नेपालका हुन् । उनका लेख तथा कविताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 





