नयाँ वर्षको उपलक्ष्यमा
टाङ्गिएका छन् टोलमा
क्लबका नवयुवाहरूले
पैसा मागेर बनाएका
रक्सी र बियरका विज्ञापन छापेका
वातावरणलाई नफाप्ने फ्लेक्शका
केही तुलहरू
रङ उडेका अक्षरहरूमा
लेखिएका छन्
शुभकामनाका केही शब्दहरू
व्याकरण र हिज्जेले गिज्याइरहेका
नजिक गई हेर्दा देखेँ
मात्रै सालको अन्तिम एउटा अंक
छोपेर नयाँ टालेको रहेछ !
यो सत्य नै हो
नयाँ सालमा
नयाँ भनेको त्यति नै हो—
पुरानैमा अलि अलि
टालटुल गरेर बाँच्नु !
(नेपालभाषाबाट अनूदित)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० असार २०८३, मंगलवार 










