समाहित गर्दै आफ्नो निर्वस्त्र शरीरलाई
आँधी खोलाको गगनरुपी जलाशयमा
गरेको थिएँ पदयात्रा सेती दोभानदेखि कार्कीनेटाको उकालोसम्म बाल्यकालमा
लालीगुराँसको पोलनले पोतिएका मेरा हातहरूमा
अझै ताजा छन्, नोटका चाँदीका धर्का सरी
मानस्पटलमा
अहिले कालापत्रे सडकले कृत्रिम खुसी त दिएको छ
भएर त्रसित प्रदूषणका काला विषहरूले
छाडेकी छिन् फक्रन लालीगुराँसले
विलय भएका छन् पैदलयात्री आज
यन्त्रजडित रिक्सामाझ
त्यो गोरेटो बाटोघाटोका सुन्दर वनहरू अहिले
भएका छन् टुहुरा बारूद विस्फोटनले
पहिला बास दिएका थिए, ती सुन्दर होटलहरूले
लोपोन्मुख भएका छन् अहिले
विश्राम पाएका छन् सेती दोभानका गधाहरूले
तर खोसेर लगेको छ रोजी रोटी कालो पात्रे बाटाले
कालो विषजडित वाहनका धुँवाले
कालो छाप छोडेर फोक्सोमा
परिस्कृत गरेको छ धेरैलाई अर्बुद्ध रोगको बिरामीमा
परिणत भएको छ नीलो आँधीखोला आज
शैवालबाट गाढा हरियोमा आज
त्यसैले बाटोघाटोले सुविधासम्पन्न त बनाएको थियो गामलाई
तर गुमायो त्यो प्राकृतिक हराभरा र त्यो पैदलयात्रीहरूलाई
त्यो पद यात्राका लागि आउने रहेछन् विदेशी पहिले
आफूलाई हराउन प्रकृति माझमा
तर त्यो पदयात्रु मार्गले झाडीको वस्त्र पहिरन गरेकी छन् अहिले
दिएका हुन्थे विदेशी मुद्राका भण्डार विदेशी पर्यटकले पहिले
त्यसैले जोगाउनु पर्नेछ त्यो गोरेटो मार्ग अहिले ।
बर्तुङ्, पाल्पा
हालः युके



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० असार २०८३, मंगलवार 










