साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको एकाइसाैँ अङ्कमा दीपक खनाल अगम, शुभ शर्मा र रामजी चौलागाईँ विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता हिरा लामा, निर्मला बराल र महान् त्यागी विजयी हुनुभएकाे थियो ।
विजयी तीन लघुकथाहरू विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले साहित्यकार मञ्जु काँचुली, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
“स्वतन्त्र रूपमा लघुकथा आव्हान गरिएकाे एकाइसाैँ चरणकाे प्रतियोगितामा उल्लेखिय मात्रमा उत्कृष्ट लघुकथाहरू प्राप्त भएका थिए ।”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “निर्णायकहरूकाे व्यक्तिगत मूल्याङ्कनपश्चात् सामूहिक छलफलबाट रहेक किसिमले उत्कृष्ट ठहरिएका दीपक खनाल अगम, शुभ शर्मा र रामजी चौलागाईँ लघुकथाहरूलाई वियजी घाेषित गरिएकाे छ ।”
त्यस्तै एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि श्रेष्ठले अनुराेध गर्नुभएकाे छ । उहाँले भन्नुभयो, “एकपटक विजयी भइसक्नुभएका केही कथाकारहरूले पुनः प्रतियोगीकै रूपमा कथा पठाउनु भएकाे पाइयो । उहाँहरूलाई “अप्रतियोगी”का रूपमा लघुकथा पठाउनुहुन निर्णायक मण्डल अनुरोध गर्दछ ।”
प्रतियोगिताका लागि जम्मा ४१ वटा लघुकथाहरु प्रतियोगीका रूपमा प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
लघुकथा प्रतियोगिताकाे बाइसाैँ चरण भाेलिबाट सुरू हुनेछ ।
पढ्नुहाेस् एकाइसाैँ चरणका विजयी लघुकथाहरूः




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
सुरू भयो लघुकथा प्रतियोगिताकाे उनन्तीसौँ चरण; आमन्त्रित निर्णायकमा विश्वराज अधिकारी
लघुकथा प्रतियोगिताकाे एकतीसाैँ चरण : पापको भुँवरी, अन्तरार्ष्ट्रिय सम्मेलन र प्रस्ताव विजयी
३० असार २०८३, मंगलवार 







