
लक्ष्मण
म पोखिँदै तिमीमा छरिन चाहन्छु
म रित्तिँदै तिमीमा भरिन चाहन्छु ।
म खाली बनुँला केही छैन प्रिय
म तिम्रै मुटुमा सरिन चाहन्छु ।
म ढुङ्गा हु तिम्रो जीवन जगको
म तिम्रै अधरमा उभिन चाहन्छु ।
म दौलत नहुँला, नहुँला अमूल्य
म तिम्रै लागि यहाँ नुहिन चाहन्छु ।
म भर्दछु तिम्रा सपना सुनौला
म तिम्रै मायाले चुलिन चाहन्छु ।
कान्तिपुर, टाेखा-११



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ असार २०८३, शनिबार 









