समय यस्तो भिखारी बनेर आयो
खै के हो समयलाई दिने ?
मस्तिष्क, हात, खुट्टा, मन गुमाएर
उड्न खोजेको घुमन्ते चरोले
चारो खोज्न सिकारीलाई
भकारी सुम्पिदिने ।
बेस्मारी विश्वको सर्वोच्च हुन
शारीरिक लयमाथि तिलाञ्जली दिएर
पश्चिमातिर फर्किन खोजियो
फेसबुक, टिकटक, इन्स्टाग्राम
अनि चोक, बजार र चौताराका
आँखा, कान सर्लक्कै सुनियो ।
डिजिटल सपना कुम्ल्याएर बसेका
सबै मन र मस्तिष्कलाई
जङ्गेपिल्लर ठडिन्छ भनियो
बाहरूका कुराले अघोरै रिस चलेको बेला
शिरबाट हामफाल्न खोज्दा
आज आफैँ अनायास
भिरबाट हामफालेर सकियो ।।
[better-ads type='banner' banner='131744' ]
[better-ads type='banner' banner='131745' ]
[better-ads type='banner' banner='131746' ]
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ श्रावण २०८३, शनिबार 