अग्ला रुखहरूले भूमिको
ममता बुझ्छन्
तिनीहरू अग्लो भएर पनि
भूमिमा उभिन्छन्
जराहरूले समाइराख्छन् सम्बन्धलाई ।
अग्ला रुखहरू घमन्डी हुँदैनन्
त्यसैले तिनीहरू झन्
अग्ला हुन्छन्
अनुरागको अरण्य प्राचीन छ ।
अग्ला रुखहरू नै जङ्गलका मातृ हुन्
रुखको परिवारमा
अन्तरसम्बन्ध बनाउँछन्
काट्दा परिवार टुक्रिन्छ ।
अग्ला रुखहरूले धर्तीलाई
अग्लो बनाउँछन्
मानिसले भूमिको मायालाई
अग्लो बनाउँदैनन्
मानिस अग्लोलाई आरोहण
गरेर पनि होचो छ ।
मूल असमिया पर्या-कविता: दीपाङ्कर ठकुरिया
अनुवाद: डा. देवेन सापकोटा
[better-ads type='banner' banner='131744' ]
[better-ads type='banner' banner='131745' ]
[better-ads type='banner' banner='131746' ]
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ श्रावण २०८३, शनिबार 





