कान्छा र कान्छी लामाकी सुपुत्री अनिता लामा २०३१ साल चैत ३ मा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका ५ मा जन्मनु भएको हो । समजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी लामाका तीन कविता संग्रह प्रकाशित छन् । २०५८ सालमा अनुराग, २०७१ सालमा अर्पण र २०७४ सालमा आतुङ कविता संग्रह बजारमा आएका छन् । हाल उहाँ काठमाडौँ पासिकोट ५, बूढानीलकण्ठमा बसोबास गर्नुहुन्छ ।